text stringclasses 3
values |
|---|
नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई ! ननिभ्ने गरी विरह जलाई, लोचनका तारा ! हे मेर प्यारा ! यो जोति बिलाए ! के भनूँ? भन्ने म केही थिइन विष नै पिलाए ! प्यारा ! विष नै पिलाए ! मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा । यो छाती मेरो चिरेर खोली नजर गराए, त... |
आखिर ठूलो सुनको छाना साँझमा सुहायो, मैदानतिर पोतालामनि ह्लासा नै मुस्कायो । आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको, सुनको छाना, दरबार अजङ् त्यो दले लामाको चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको, रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको । शीतल पानी, हरिया पात, हिउँका टाकुरा, शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा । क... |
हिमालको आकाश किनारापारि बुद्घको शीतल घाम सुनौला बादल नगरी जस्तो गन्धर्व परी ग्राम, विपनाभन्दा सपना राम्रो यथार्थभन्दा भाव, स्वर्गमा यात्रा गरे झैं चले बबाटाको बिर्सी ताप, ह्लासाको झल्के सुनका छाना उनका आँखामा, रङ्गीन फल नौरङ्गी फुले उत्तरका शाखामा । दुधले न्वाउँथिन् भोटकी रानी, फुलमा सुत्त थिइन्, हिमालको हिउँसँगैमा स्प... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.